काठमाडौं एकमा फेरि हारे रविन्द्र मिश्र, प्रकाशमान सिंह विजयी – Janadesh Daily | ePaper

काठमाडौं एकमा फेरि हारे रविन्द्र मिश्र, प्रकाशमान सिंह विजयी


जनादेश वाच।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै विजयी भएका हुन्।

नेता सिंहले ७ हजार १४० मत पाएका छन्। मिश्रको ७ हजार ११ मत आएको छ। आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्