विश्वकप फुटबलः इरानको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल – Janadesh Daily | ePaper

विश्वकप फुटबलः इरानको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल


जनादेश स्पोर्ट्स वाच।

बुकायो साकाको दुई गोल सहयोगमा इंग्ल्यान्डले इरानमाथि सानदार जित निकालेको छ। जुडे बलिङ्घम, साका, मार्कस रासफर्डजस्ता युवा खेलाडीले डेब्यू गरेको विश्वकपको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ गोलले हराएको हो।

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डाले दोस्रो हाफमा पनि तीन गोल नै थपेको थियो। खेलको ३५औं मिनेटमा बेलिङघमले गोल गरेका थिए।

त्यस्तै ४३ औं मिनेटमा साकाले पहिला गोल गरे। सुरुआति ११ मा परेका २१ वर्षे खेलाडी साकाले दोस्रो गोल भने खेलको ६२ औं मिनेटमा गरेका थिए।

यता पहिलो हाफको इन्ज्युरी समयमा रहिम स्टार्लिङले पनि गोल गरेका थिए। दास्रो हाफमा मात्र मैदान छिरेका मार्कस रासफर्डले कप्तान ह्यारी केनको पासमा गोल गरेका थिए।

त्यसअघि खेलको इन्ज्युरी समयमा स्टार्लिङले गोल गर्दा पनि केनले नै पास दिएका थिए। बेलिङ्घमलाई लुके शले पास उपलब्ध गराएका थिए भने सेन्ट्रल डिफेन्डर मग्वायरले साकालाई पास दिएका थिए। साकाको दोस्रो गोलमा भने स्टार्लिङले बल उपलब्ध गराएका थिए।

अन्तिम गोल चाहिँ ज्याक ग्रिलिसले गरे। उनले ८९ औं मिनेटमा गोल गर्दा इंग्ल्यान्डले छ गोल पुरा गरेको हो। पहिलो हाफमा गोल फर्काउन नसके पनि इरानले दोस्रो हाफमा गोल गर्यो। महेदी तारेमीले खेलको ६५ औं मिनेटमा पहिलो गोल पर्काएका थिए।

त्यस्तै, इन्ज्युरी समयमा फ्रि किकिको बल प्रहार गर्ने क्रममा इंग्ल्यान्डका खेलाडीले विपक्षीमाथि फउल गरेपछि इरानले पेनाल्टी पाएको थियो। त्यो पेनाल्टीमा तारेमीले दोस्रो गोल गरे।

यससँगै दोस्रो खेलमै विश्वकपमा दुई गोल गर्नेको संख्या तीन पुगेको छ। पहिलो खेलमा एनी भ्यालेन्सियाले पनि कतारविरुद्ध दुई गोल गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्