वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी कालिञ्चोक दर्शन – Janadesh Daily | ePaper

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी कालिञ्चोक दर्शन


कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २८ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस्तै, १० करोड ८० लाख बराबरको १० लाख शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयले छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्ममा आवेदन दिनसक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपालीहरूले मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ । दुबै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्