पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, ३ हजार ५४६ आवेदन रद्द – Janadesh Daily | ePaper

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, ३ हजार ५४६ आवेदन रद्द


पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आइपिओमा कुल १२ लाख ३० हजार ६०५ आवेदक परेको थियो । जसमा ३ हजार ५४६ आवेदन रद्द भएको छ ।

कम्पनीले कात्तिक २५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमध्ये २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको थियो ।

रिजल्ट बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट http://www.sanima.capital/मेरोसेयर एकाउन्ट ,सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://peopleshydro.com.np/  बाट हेर्न सकिने छ । 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्