घनश्याम भुसाल: छविलाल विश्वकर्मासँग पराजित – Janadesh Daily | ePaper

घनश्याम भुसाल: छविलाल विश्वकर्मासँग पराजित


काठमाडौँ ।  चुनावको मुखमा नेकपा एमाले परित्याग गरेर रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाए पनि भुसाल एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन् । भुसाल विश्वकर्मासँग ३ हजार ५ सय ६४ मतले पछि परे ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार विश्वकर्माले २४ हजार ८७२ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत पाएका छन् । भुसाल एमाले स्थायी कमिटी सदस्य थिए । उनी पार्टीमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा रहेका थिए ।

चुनावको समयमा पार्टीभित्र असन्तुष्टि चुलिएपछि एमाले परित्याग गरेका थिए । उनी २०७४ सालको निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्