फाेरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयकाे टाेली दाङ आउँदै: सांसद रेखा शर्मा – Janadesh Daily | ePaper

फाेरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयकाे टाेली दाङ आउँदै: सांसद रेखा शर्मा


दाङ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदहरुले जनअपेक्षा अनुरुप विकास निर्माणका काममा सबैसँग हातेमालो गरेर जाने वताउनुभएको छ । दाङको विकास र समृद्धिमा सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँहरुले यस्तो वताउनुभएको हो ।

नव निर्वाचित सांसदहरुले अलपत्र अबस्थामा रहेकाे घाेराही- तुलसीपुरकाे फाेरलेन सडक बनाउन पहल थालेका छन् ।नवनिर्वाचित सांसदहरुले आज घाेराहीमा प्रमाणपत्र बुझ्दै अलपत्र सडक बनाउन चासाे देखाएका हुन ।

No description available.

मुख्य निर्वाचित अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे लगत्तै आयाेजित सर्वपक्षीय बैठक बसेकाे थियोे । जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायका प्रमुख, सडक डिभिजन कार्यालय र ठेकदारकाे बैठक संयुक्त रुपमा बसेकाे थियो ।

No description available.

बैठकमा बाेल्दै नवनिर्वाचित सांसद रेखा शर्माले घाेराही तुलसीपुरकाे फाेरलेन सडककाे काम थाल्ने उल्लेख गर्नुभयाे ।भाेली नै काठमाडौबाट फाेरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयकाे टाेली दाङ हिडेकाे नवनिर्वाचित सांसद रेखा शर्माले जानकारी दिनुभयाे ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्