३२ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार – Janadesh Daily | ePaper

३२ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३२.४३ अंकले बढेर एक हजार ९६५.९८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १९, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ३६, जलविद्युत् ३७, माइक्रोफाइनान्स १३०, अन्य १८, जीवन बीमा उपसमूह ९९, उत्पादन २, व्यापार उपसमूह २७ र निर्जीवन बीमा उपसमूह ७६ अंकले बढेको छ । त्यस्तै, आज म्यूचुअल फन्ड ०.१३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै डिप्रोस लघुवित्त वित्तिय संस्थाको सेयर ८.२१ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज एनएमबी हाइब्रिड फन्डको सेयर ३ प्रतिशतले भन्दा धेरैलेघटेको छ ।

यस दिन २३३ कम्पनीको ४२ लाख कित्ता सेयर २ अर्ब २ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्