स्पेन र जर्मनीको बराबरी, जर्मनीको नकआउट खेल्ने सम्भावना कायमै – Janadesh Daily | ePaper

स्पेन र जर्मनीको बराबरी, जर्मनीको नकआउट खेल्ने सम्भावना कायमै


जनादेश स्पोर्ट्स।

विश्वकप फुटबलमा जर्मनीले स्पेनसँग बराबरी खेल्दा हारबाट जोगिएको छ। कतारको अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनी र स्पेनले एक एक गोल गरेर बराबरी खेलेर अंक बाँडेका छन् ।

स्पेनसँग बराबरी खेलेपछि समुह चरणमा जर्मनीले पनि १ अंक जोडेको छ । योसँगै जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै छ। स्पेन भने ४ अंकका साथ समुह तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। अब जर्मनीले मसिर १५ गते कोस्टारिकासग खेल्दैछ । अब अर्को चरणमा हुने खेल र आउने नतिजाले जर्मनीको नकआउट पुग्ने / नपुग्ने कुरोको टुंगो लाग्नेछ ।

स्पेन र जर्मनीले पहिलो हाफमा दुबै टोलिले कुनै गोल गरेनन । त्यसपछि दोस्रो हाफमा भने अल्भारो मोराटाको गोलमा जर्मनीविरुद्ध स्पेनले अग्रता लिएको थियो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई अग्रता दिलाएका थिए । मोराटाले खेलको ६२ औं मिनेटमा स्पेनका लागी गोल गरेका थिए ।जोर्डी अल्बाको पासमा उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

तर स्पेनले अग्रता कायम राखिरहन सकेन । खेलको ८३ मिनेटमा जर्मनीका निकलस फ्युलक्रगले गोल गर्दै जर्मनीलाई खेलमा बराबरीमा फर्काएका थिए । समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २-१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७- ० ले पराजित गरेको थियो।

स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई स्तब्ध पार्यो। यो नतिजाले चार वटै टोलीका लागि अघिल्लो चरणको यात्रा खुल्ला राखेको हो । २०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँदला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्