गास, वास र कपास सबै नेपाली नागरिकको मौलिक अधिकार: पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई – Janadesh Daily | ePaper

गास, वास र कपास सबै नेपाली नागरिकको मौलिक अधिकार: पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई


जनादेश, काठमाण्डौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गास, वास र कपास सबै नेपाली नागरिकको मौलिक अधिकार भएको बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै डा. भट्टराईले भनेका छन:


“गास/वास/कपास अथवा खाना/छाना/नाना सबै नेपाली नागरिकको मौलिक अधिकार हो र त्यसको व्यवस्था गर्नु सबै तहका सरकारको राजकीय दायित्व हो। हाम्रो संविधानको मूल मर्म यही हो।

यसमा कसैले पनि किन्तुपरन्तु नगरौं र आरोपप्रत्यारोप नगरौं।आवासविहीन सुकुम्वासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौं!

मेरो पालामा शुरू भएको काठमाण्डौ उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकहरूको आवास व्यवस्था सम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यहरूमा टेकेर यो समस्या दीर्घकालीन रूपले हल गर्न राज्यका सबै अंगहरूले सहकार्य गरून्। मेरो पालामा झैं तत्कालै प्रम तथा मन्त्रीपरिषदको कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ; नत्र निहीतस्वार्थ बोकेका शक्तिहरू,कर्मचारीतन्त्र र संघ,प्देश र स्थानीय तहले कार्यक्षेत्रको रडाको गरेर विषय गिजोलिन र विथोलिन सक्छ।

अब कुरा हैन,काम गरौं! प्रक्रियामुखी हैन,परिणाममुखी बनौं!”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्