५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर – Janadesh Daily | ePaper

५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर


बाराही हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

यसअघि आयोजना प्रभावित क्षेत्र बागलुङका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्ता सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्