राष्ट्र बैंकको कारवाहीमा परे नौ वाणिज्य बैंक – Janadesh Daily | ePaper

राष्ट्र बैंकको कारवाहीमा परे नौ वाणिज्य बैंक


नेपाल राष्ट्र बैंकले नियम उल्लघंन गर्ने नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले विपन्न वर्ग कर्जामा तोकिएको सीमा अनुसार लगानी नगरेपछि बैंक अफ काठमाण्डू (बिओके) लाई दुई करोड ११ लाख रूपैयाँ जरिवाना गरेको छ । यस्तै, सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनको पालना नगरेको कृषि विकास बैंकले २० लाख रूपैयाँ जरिवाना तिरेको छ ।

त्यस्तै, प्रभु, बिओके, कुमारी, प्राइम कमर्सियल बैंकले रोक्का राख्न भनिएको खाताहरूमा कारोबार गरेपछि प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको छ ।

हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकले ऋणीहरूलाई कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको कारण राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्