राप्ती इञ्जिनियरिङ कलेजमा साताव्यापी खेलकुद सप्ताहको सम्पन्न (फोटो फिचर) – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजमा साताव्यापी खेलकुद सप्ताहको सम्पन्न (फोटो फिचर)


जनादेश, दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङका विई सिभिल र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुले आयोजना गरेको खेल सप्ताह २०७९ सम्पन्न भएको छ ।

यही मंसिर ७ गतेदेखि १२ सम्म सञ्चालन भएको साताव्यापी खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, व्याड मिन्टन, बास्केट बल, चेस, टि. टि. सटपुट, चम्चा दौड, हाजिरी जावाफ, कुर्सी दौड, रस्सा कस्सी, तातो आलु, दौड १०० मिटर, दौड २०० मिटर, फुटसल खेलहरु समावेश गरिएको कार्यक्रमका संयोजक लोकेन्द्र डागी बताए ।

No description available.

कलेजमा अध्ययनरत विसिए र विई सिभिलमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेका अन्तरनिहित प्रतिभालाई उजागार गर्न, विद्यार्थीहरुमा अनुशासन र समाजसेवाको भाव जागृत गर्न कलेजले विगतका वर्षहरुदेखि नै विभिन्न खेलहरुलाई निरन्तरता दिदै आएको छ ।

खेलकुद सप्ताहमा लोकन्द्र डाँगी (संयोजक), अर्जुन चौधरी (सह—संयोजक), संजोग डि. सी., शुभम गौतम, संजोग डि. सी., विवश बस्नेत, अनिता शिवभक्ति, प्रकाश वि.क., मनोज वली, पुर्ण रोका मगर, चन्द्र बहादुर के. सी., पवित्रा डाँगी, विवेक सुनार, तुल्सी रिजाल, घनश्याम चौधरी, तुल्सी पुन मगर, नगेन्द्र महतरा, मोनिका धिताल सदस्य तथा खेल संचालन अनुगमन समितिमा चुडामणि डाँगी (संयोजक), तुलासिंह धामी, सरला हमाल रहनु भएको थियो ।

यस कलेजले खोज अनुसंधानमा आधारित शिक्षण सिकाईको साथसाथै विद्यार्थीहरुलाई सिभिल क्लब, आइटी क्लब, साहित्य संसार, क्वालिटी सर्कल, लायन्स कल्ब जस्ता सामाजिक क्रियाकलापमा संलग्न गराई विद्यार्थीहरुमा टिमवर्क क्षमताको विकास गर्न जोड दिएको कलेज प्रशासनले जनाएको छ ।

राप्ती इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिन्छ । यस कलेजले पोखरा विश्वविद्यालयबाट विई सिभिल  र िबसिए कार्यक्रम तर्फ गोल्ड मेडल जित्न सफल भएको छ । हालैमात्र यस कलेजले नेपाल शिक्षा पुरस्कार २०२२ दुबईमा प्राप्त गरेको थियो । यस कलेजबाट उत्पादित ८० प्रतिशत भन्दा बढी शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल भएको कुरा कलेजका प्रिन्सिपल रेशम गिरीले बताउँनु भएको छ ।

राप्ती इन्जिनियरिङ कलेजमा BE Civil, BCA, Diploma in Computer Engineering (IT), Pre-Diploma in Civil, Electrical and Amin कार्यक्रमहरु संचालनमा रहेका छन् । यो कलेज २०६५ सालमा स्थापना भएको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्