स्याङ्जा २ मा धनराजकै अग्रताः पद्मा २४१८ मतान्तरमा पछिपछि – Janadesh Daily | ePaper

स्याङ्जा २ मा धनराजकै अग्रताः पद्मा २४१८ मतान्तरमा पछिपछि


जनादेश अपडेट।
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् ।

अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्