शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर – Janadesh Daily | ePaper

शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर


जनादेश, काठमाण्डौं। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ।

blog

बिहीबार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन हुनुहुन्छ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताउनुभयो। ‘हामीलाई थाहा छ, गुणस्तरीय शैक्षिक क्रियाकलापका लागि गुणस्तरीय शिक्षण आवश्यक पर्छ। यसका लागि पर्याप्त पूर्वाधार र योग्य जनशक्ति आवश्यक हुन्छ। आफ्नो क्षेत्रबाट काम गरिरहेका साझेदारसँग सहकार्य गरेर हामी नतिजा निकाल्न प्रयास गर्नेछौँ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्