विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ – Janadesh Daily | ePaper

विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ


चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ ।

चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताउनुभएको हो ।

लीले दुवै पक्षलाई एकअर्काका लागि थप खुला गर्न आह्वान गर्दै चीन आफ्नो खुलापनको आधारभूत राज्य नीतिप्रति सदैव प्रतिबद्ध रहने बताउनुभयो ।

यसले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने विश्वास गरिएको छ ।

चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताउनुभयो ।

चीनले चिनियाँ मुद्रा ९आरएमबी० को विनिमय दरको आधारभूत स्थिरता कायम गर्न र यसलाई उचित र सन्तुलित स्तरमा राख्न प्रयास गर्ने उहाँले बताउनुभयो ।

“चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,” प्रधानमन्त्री लीले भन्नुभयो ।

भेटमा दुवै पक्ष स्वतन्त्र व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र अन्य विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न सहमत भएका छन् ।

उनीहरूले युक्रेन सङ्कटबारे विचार आदानप्रदान पनि गरेका थिए ।

उक्त अवसरमा चीनले शान्तिपूर्ण रूपमा सङ्कट समाधान गर्ने हरेक प्रयासलाई समर्थन गर्ने र रचनात्मक भूमिका निर्वाह गरिरहने चिनियाँ नेता लीले बताउनुभयो । मिसेलले इयूले एक चीन नीति लाई पछ्याएको र ईयू–चीन नेताहरूको पछिल्लो बैठकलाई सफल बनाउन उत्सुक रहेको बताउनुभयो ।

मिसेलले चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व नेता तथा चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्