दोलखाको रोचक प्रतिस्पर्धाः माओवादीका कार्की १ सय ७३ मतले अगाडि – Janadesh Daily | ePaper

दोलखाको रोचक प्रतिस्पर्धाः माओवादीका कार्की १ सय ७३ मतले अगाडि


जनादेश अपडेट।

दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म यहाँ ७६ हजार ७२ मत गणना भएको छ।

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३२ हजार ८ सय ३३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ६ मत प्राप्त गरेका छन्।

उनीहरुबीच १ सय ७३ मतको अन्तर छ। यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार १ सय २४ मत बदर भएको छ। अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको १, २ र ३ वडा गन्न बाँकी छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्