गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु – Janadesh Daily | ePaper

गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु


गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् ।

निर्वाचन आयोगले आजको मतदानका लागि २६ हजार ४ ०९ मतदान केन्द्र स्थापना गरेको छ । यहाँ मतदानका लागि करिब ३६ हजार ‘इलेक्ट्रोनिक भोटिङ मेसिन ९इभीएम०’ प्रयोग गरिनेछ । निर्वाचनका लागि १४ जिल्लामा करिब २९ हजार मतदान अधिकृत र ८४ हजारभन्दा बढी मतदान अधिकृत परिचालन गरिएको छ ।

गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार कुल २६ हजार ४०९ मतदान केन्द्र तोकिएको छ ।

भारतीले भन्नुभयो, “दोस्रो चरणमा १३ हजार ३१९ मतदान केन्द्रमा ‘वेबकास्टिङ’ हुनेछ । मतदानमा कूल दुई करोड ५१ लाख ५८ हजार ७३० मतदाता रहेका छन् । यसमध्ये एक करोड २९ लाख २६ हजार ५०१ पुरुष, एक करोड २२ लाख ३१ हजार ३३५ महिला र ८९४ तेस्रो लिङ्गी मतदाता रहेका छन् ।”

दोस्रो चरणमा अहमदाबाद, गान्धीनगर, मेहसाणा, पाटन, बनासकाण्ठा, साबरकाण्ठा, अरावली, महिसागर, पञ्चमहल, दाहोद, वडोदरा, आनन्द, खेड़ा र छोटा उदयपुर जिल्लाका ९३ सिटमा मतदान हुँदैछ ।

गुजरातको अन्तिम चरणको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, इसुदन गढवी, गुजरात काङ्ग्रेसका अध्यक्ष जगदीश ठाकोर, क्रिकेटर इरफान पठान, हार्दिक पाण्डेय र क्रुणाल पाण्डेयले मतदान गर्नेछन् ।

डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो । कच्छ, सौराष्ट्र र दक्षिण गुजरात क्षेत्रका १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको तर नतिजा दुबै चरणको एकै पटक डिसेम्बर ८ मा घोषणा गरिने बताइएको छ । हिमाचल प्रदेश विधानसभा चुनावको परिणाम पनि सोही दिन घोषणा हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्