रवि लामिछानेलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै उजुरी – Janadesh Daily | ePaper

रवि लामिछानेलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै उजुरी


जनादेश अपडेट।

रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गैरकानुनी ढंगबाट दल दर्ता गरेको भन्दै खारेजीको माग गर्दै लामिछानेविरुद्ध युवराज पौडेलले आयोगमा उजुरी दिएका हुन्।

‘नागरिकताकै विषयलाई लिएर उजुरी परेको छ। पुरानो नागरिकताबाट दल दर्ता गरेर सभापति बन्नु गैरकानुनी हो,’ आयोगमा परेको उजुरीमा भनिएको छ। अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उताको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ। नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको जवाफ दिएपछि उनको नागरिकता विवाद बढेको हो।

हाल उनको नागरिकताको विषयमा गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ। लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ। परिसरले निर्वाचन आयोगमा पेस गरिएको रविको नागरिकताको प्रतिलिपि लगेको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीले माग गरेअनुसार लामिछानेको नागरिकताको प्रतिलिपि दिइएको जानकारी दिए।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणबारे विवादमा नपर्ने गरी आयोगले निर्णय लिएको छ। उसले यसबारे आफूले कुनै निर्णय नलिइ अनुसन्धानको जिम्मा गृह र परराष्ट्र मन्त्रालयलाई दिएको छ।

छानबिनबाट लामिछानेको नागरिकता र राहदानी गैरकानुनी मानिए सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने अवस्था छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्