मौसमः तराईमा हुस्सु लाग्न सुरु, देशभरको तापक्रम घट्दै – Janadesh Daily | ePaper

मौसमः तराईमा हुस्सु लाग्न सुरु, देशभरको तापक्रम घट्दै


जनादेश वेदर वाच।
तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । जसका कारण चिसो महसूस हुने गरेको छ ।

घाम लागेपछि हुस्सु तथा कुहिरो हट्दै जाने र जाडो पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलको भनाइ छ । केही समय यता चिसो बढेकाले यसबाट बच्न विशेषत बिहान र बेलुकाको समयमा विशेष ध्यान दिनु पर्नेमा उनको जोड छ ।

“तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसा प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

नेपालमा अहिले कुनै पनि उल्लेख्य मौसमी प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना भने छैन । केही दिनयता हिमपात र वर्षा भएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्