झण्डै पाँच अंकले घट्यो सेयर बजार, ९६ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै पाँच अंकले घट्यो सेयर बजार, ९६ करोडको कारोबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ४.८७ अंकले घटेर एक हजार ९३३.८८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ८, निर्जीवन बीमा २७, होटल तथा पर्यटन ३, व्यापार ६, बैंकिङ ५, उत्पादन ३५, विकास बैंक २३ र फाइनान्स उपसमूह १ अंकले घटेको छ । यस्तै, माइक्रोफाइनान्स १२, अन्य ८ र जीवन बीमा ०.६७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको सेयर ६ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर ८ अंकले बढेको छ ।

यस दिन २३८ कम्पनीको २५ लाख कित्ता सेयर ९६ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्