गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा – Janadesh Daily | ePaper

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा


जनादेश अपडेट।

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सामग्रीहरूको आयातमा यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उक्त आयात फुकुवासम्बन्धी निर्णय आगामी पुसदेखि लागू हुने बैठकले निर्णय गरेको छ । उक्त वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रिपरिषदमा राखेका थिए ।

विदेशी मुद्राकाे सञ्चिति घटेपछि सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध यथावत राखिएको थियो ।

सरकारले सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्