यी हुन् एमालेका प्रस्तावित समानुपातिक सांसदः अन्तिम टुङ्गो लगाउन बोलाइयो सचिवालय बैठक – Janadesh Daily | ePaper

यी हुन् एमालेका प्रस्तावित समानुपातिक सांसदः अन्तिम टुङ्गो लगाउन बोलाइयो सचिवालय बैठक


जनादेश वाच।

प्रत्यक्षतर्फ अपेक्षित सिट हासिल नगरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएपछि चित्त बुझाएको छ । समानुपातिक तर्फ एमालेले अन्य दलभन्दा धेरै मत पाएपछि निर्वाचन आयोगले दिएको सिट संख्यामा १९ महिला र १५ पुरुषलाई सांसद बनाउने तयारी पनि थालेको छ । एमालेले तयार पारेको प्रस्तावमा आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातीतर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने छ ।

खस आर्य समुहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्ने निश्चित भएको छ । त्यसैगरी खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।

यस्तै आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउनुपर्ने छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् भने आदिवासी जनजाती महिला तर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् । यसैगरी एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्नेछन् ।

महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् । मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । गंगाप्रसाद यादव र अमृतलाल राजवंशी तथा महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नेछिन ।

एमाले थारु महिला र पुरुष एक/एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।

मुस्लिम एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् । खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातीका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् ।

उता, समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक डाकिएको छ। शुक्रबार सचिवालय बैठक बस्नेछ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्