देश निमार्णमा प्राविधिक जनशक्तिको अहम भुमिका छ: कार्यकारी निर्देशक डा. गिरी – Janadesh Daily | ePaper

देश निमार्णमा प्राविधिक जनशक्तिको अहम भुमिका छ: कार्यकारी निर्देशक डा. गिरी


जनादेश संवाददाता, दाङ । दाङ जिल्लाको घोराही-१६ सानीअम्बापुरमा संचालित राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले देश निमार्णमा प्राविधिक जनशक्तिको अहम भुमिका रहेको बताएका छन् ।

डिप्लोमा र प्रिडिप्लोमा तहका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा सभाअध्यक्षको रुपमा मन्तव्य राख्दै डा. गिरीले भने ‘गुरु आश्रम, कुटी र खरिपाटीबाट शुरु भएको नेपालका शिक्षा प्रणाली अहिलेसम्म आइपुग्दा दुर शिक्षा, विद्यालय शिक्षा, अनलाईन शिक्षा हुँदै मोवाईल शिक्षासम्म आइ पुगेको छ ।’ सुचना प्रविधिको विकास, विस्तार र यसको प्रयोगले विद्यार्थीहरुलाई शिक्षण सिकाईका विषय बस्तुहरुसम्म पुग्नका लागि सहज भएको उनले बताँएका छन् ।

त्यसैगरी उनले भने- ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व हुन्छ नै तर त्यस भन्दा महत्वपूर्ण स्वअनुशासन हुन्छ । विद्यार्थीहरुले व्यक्तिगत आर्थिक अनुशासन पालना गर्नु पर्ने हुन्छ ।’ विद्यार्थीहरुमा ज्ञानको साथै सीप, व्यावहार, आचरणको विकास हुन जरुरी हुन्छ र दृष्टिकोणमा पनि परिर्वतन हुनपर्ने बताएका छन ।

‘पहिले पहिले गाउँघरमा हसिँया, कोदालो, फालो बानाउँने आर्ने, कपडा सिलाउने दमाई, बाँस चोयाँको काम गर्ने मिस्त्री, माटो ढुंगाको काम गर्ने डकर्मी, काठको काम गर्ने सिकर्मी, जुत्ता बनाउँने मिस्त्रीको सीपलाई हेप्ने गरिन्थ्यो । आजभोली ती सबै पेशा सम्मनीत भएका छन् र सबै जातले अंगालेका पनि छन् । प्राविधिक शिक्षाको महत्व र यसको प्रभाव समाजले विस्तारै भएपनि बुझ्दै छ’- उनले भने ।

प्राविधिक जनशक्तीको माग नेपालमा मात्र नभएर विदेशमा पनि रहेको डा.गिरीले बताए । उनले भने- ‘राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत जनशक्तिले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा र नेपालका धरैजति जिल्लामा सेवा गरिरहेकाछन् ।’

स्वागत कार्यक्रममा डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ र प्रि-डिप्लोमा तहमा अध्ययनरत सिभिल, इलेक्टिकल र अमिनका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्