हामी वरिपरीको ब्रमहाण्ड कस्तो छः जेम्स वेब टेलिस्कोपले खिच्यो पहिला कहिल्यै नदेखिएका तस्बिर – Janadesh Daily | ePaper

हामी वरिपरीको ब्रमहाण्ड कस्तो छः जेम्स वेब टेलिस्कोपले खिच्यो पहिला कहिल्यै नदेखिएका तस्बिर


जनादेश अन्तर्राष्ट्रिय वाच।

यो विश्वलाई १० अर्ब डलरले दिएको उपहार थियो। एउटा मेशिन जसले हामीलाई विश्वमा हाम्रो स्थान देखाइरहेको छ।

जेम्स वेब टेलिस्कोप ठ्याक्कै एक वर्षअघि क्रिसमसकै दिन अन्तरिक्षमा पठाइएको थियो। त्यसको योजना बुन्न, डिजाइन र निर्माण गर्न तीन दशक लागेको थियो।

 धेरैले निकै चर्चित हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीले अपेक्षा अनुरूप काम गर्न सक्छ कि सक्दैन भनेर जिज्ञासा पनि राखेका थिए। व्यास ६.५ मिटर भएको खगोलीय ऐना प्रयोग गरिएको यो टेलिस्कोपका कतिपय प्रणालीको परीक्षण र सञ्चालनमा केही समय लागेको थियो।

तर अन्त्यमा यसले राम्रोसँग काम गरेको छ। र, अमेरिकी, युरोपेली तथा क्यानडाली अन्तरिक्ष निकायहरूले गएको जुलाईमा पहिलो रङ्गिन तस्बिर सार्वजनिक गर्ने क्रममा प्रसन्नता व्यक्त गरेका थिए। यहाँ तपाईँ त्यसपछि प्रकाशित भएका उक्त टेलिस्कोपबाट लिइएका केही तस्बिर देख्न सक्नुहुन्छ।

तपाईँले जान्नुपर्ने पहिलो कुरा भनेको जेम्स वेब एउटा इन्फ्रारेड टेलिस्कोप हो। हाम्रो आँखाले फरक छुट्याउन सक्ने अवस्थाभन्दा पर आकाशमा रहेका विभिन्न आकृति उसले देख्नसक्छ। खगोलशास्त्रीहरूले ब्रह्माण्डका विभिन्न क्षेत्र जस्तै ग्यास र धुलोका चुचुराहरू अन्वेषण गर्न यसका विभिन्न क्यामेराहरूको प्रयोग गर्छन्। त्यो पूरा कुरालाई दृश्यमा समेट्न पृथ्वीबाट प्रकाशको गतिमा कैयौँ वर्ष यात्रा गर्नुपर्ने हुन्छ।

यो दृश्यलाई कस्मिक क्लिफ पनि भन्ने गरिन्छ। यो भीमकाय, ग्यासले भरिएको तारा निर्माण गर्ने धुलाम्मे नेब्युलालाई करिना भनिन्छ। उक्त तस्बिरमा देखिएको एउटा कुनाबाट अर्कोसम्म पुग्न करिब १५ प्रकाश वर्ष लाग्छ। एक प्रकाश वर्ष करिब ९.४६ ट्रिलियन किलोमिटरको हुन्छ।

एकजना महान् स्वीस खगोलशास्त्री फ्रिज ज्‍वीकीले सन् १९४० को दशकमा यो ठूलो आकाशगङ्गा पत्ता लगाएका थिए। आफूतर्फ आइरहेको अर्को आकाशगङ्गासँग ठोक्किएर पाङ्ग्राको आकारको यो आकाशगङ्गा बनेको हो। यसको व्यास १४५,००० प्रकाश वर्ष रहेको छ।

जेम्स वेबले ब्रम्हान्डको भित्रभित्र मात्रै हेर्दैन। यसले हाम्रो सौर्यमण्डलको पनि अन्वेषण गर्छ। तस्बिरमा देखिएको ग्रह वरुण हो। रिङ्ग सहितको वरुण सूर्यबाट आठौँ स्थानमा रहेको ग्रह हो।

यसको वरिपरि रहेका साना थोप्लाहरू उसका चन्द्रामा हुन्। त्यहाँबाट माथिल्लो भागमा रहेको ‘चुच्चो तारा’ ट्रिटन हो जुन वरुणको सबैभन्दा ठूलो उपग्रह हो।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्