देशभर बढ्रयो चिसो, शीतलहर र हिमपातको जोखिमबाट कसरी जोगिने – Janadesh Daily | ePaper

देशभर बढ्रयो चिसो, शीतलहर र हिमपातको जोखिमबाट कसरी जोगिने


जनादेश वाच।
शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रम हिमपात र तराईका भू–भागमा शीतलहर सुरु भएकाले यसबाट जोेगिन मन्त्रालयले आग्रह गरेको छ ।

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित हुन थालेको छ । त्यसैले चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन मन्त्रालयले आग्रह गरेको छ । कोठा न्यानो पार्नु पर्ने तर पर्याप्त हावा ओहोरो दोहरो हुने व्यवस्था भने गर्नु पर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नु पर्ने पनि मन्त्रालयले जनाएको छ ।

“आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराऔं । तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ । धूमपान तथा मद्यपान नगरौँ,” मन्त्रालयले भनेको छ, “स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तैः ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।”

सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर नसुत्न पनि मन्त्रालयले सचेत गराएको छ । यदि, त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ । आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्न पनि मन्त्रालयले सचेत गराएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्