शंकर थापा ‘स्माइलको स्वर र संगीतमा रहेको ‘रिसाउ बरु सहन्छु’ सार्वजनिक ( भिडियो ) – Janadesh Daily | ePaper

शंकर थापा ‘स्माइलको स्वर र संगीतमा रहेको ‘रिसाउ बरु सहन्छु’ सार्वजनिक ( भिडियो )


काठमाडौं।  प्रेमिल शैलीको  ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा लोकप्रिय  गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको युगल स्वर सुन्न सकिन्छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को रहेको छ।  यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायिका  शान्ती गजमेर सुनार र प्रिन्स बिश्वकर्मा फिचर्ड छन्।

कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोमा यस भिडियोमा शान्ती  र प्रिन्स बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।  सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  प्रनव सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।  भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक: https://youtu.be/h0cwBOiuD-E

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्