पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता, ३ करोडभन्दा बढीको पुरस्कार – Janadesh Daily | ePaper

पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता, ३ करोडभन्दा बढीको पुरस्कार


जनादेश स्पोर्ट्स वाच।
पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्