प्रधानमन्त्री प्रचण्डको निर्देशन कार्यान्वयनः मलेसियामा बन्धक १३ नेपालीको उद्धार – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्डको निर्देशन कार्यान्वयनः मलेसियामा बन्धक १३ नेपालीको उद्धार


मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ। उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका अरु नेपालीको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

त्यही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार उक्त कम्पनीमा काम गर्न गएका सबै १३ श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र १३ जनवरीमा ७ जना नेपाल फर्किने भएका छन्। यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्नसमेत पहल भइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्