सन्दीपलाई रिहाईको आदेशः क्रिकेट खेल्न पाउने, काठमाडौं छोड्न अनुमति अनिवार्य (पूर्णपाठ) – Janadesh Daily | ePaper

सन्दीपलाई रिहाईको आदेशः क्रिकेट खेल्न पाउने, काठमाडौं छोड्न अनुमति अनिवार्य (पूर्णपाठ)


जनादेश वाच।

नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्चले जिल्लाको आदेश उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए । उच्चले थुनामुक्त गर्न आदेश दिए पनि विदेश भ्रमणमा भने राेक लगाएकाे छ । जिल्ला अदालतमा विचाराधीन रहेकाे बलात्कार मुद्दा अब उनले जेल बाहिरै रहेर लड्ने छन् ।

उच्चले दिएको आदेशमा उनीमाथि क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छैन । जसका कारण अब उनी मैदानमा देखिन सक्छन् । कप्तान रहेकै अवस्थामा उनी बलात्कार आरोपमा पक्राउ परेका थिए । त्यसपछि मात्र नेपाल क्रिकेट संघले उनलाई कप्तानबाट हटाएको थियो ।

अदालतले उनलाई थुनामुक्त गरे पनि विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ भने काठमाडौं उपत्यका छोड्दा पनि अनुमति लिनुपर्ने सर्त राखेको छ । काठमाडौं छोड्दा काठमाडौं प्रहरी परिसरमा उनले उपत्यका छोड्नुको कारण र फर्किने मितिसमेत लिखित रूपमा जानकारी गराउनुपर्ने हुन्छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्