राप्ती इन्जिनियरिङ कलेजको ११ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न – Janadesh Daily | ePaper

राप्ती इन्जिनियरिङ कलेजको ११ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


घोराही । राप्ती इन्जिनियरिङ कलेज घोराहीले आफ्नो ११ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सानी अम्बापुरस्थित कलेज परिसरमा कार्यक्रम भएको थियो ।

No description available.

सो अवसरमा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । थारु लगायत विभिन्न जातजातिका नृत्य प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि प्राडा भण्डारीले प्रँविधिक क्षेत्रको नेतृत्व कलेजले गर्दै आएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

No description available.

‘यो क्षेत्र शैक्षिक हव बन्दैछ । त्यसमा प्राविधिक धारको नेतृत्व कलेजले गर्नुपर्छ’– प्राडा भण्डारीले भन्नुभयो– ‘दक्ष शिक्षक, पर्याप्त पूर्वाधार, उचित वातावरण पनि छ ।’ सो अवसरमा उत्कृष्ट शिक्षक इन्जिनियर शर्मिला दहितलाई सम्मान गरिएको थियो ।

यसैगरी पोखरा विश्वविद्यालयमा छैठौं सेमेष्टरतर्फ शतप्रतिशत अंक ४ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थी चन्द्रबहादुर केसीलाई सम्मान गरिएको थियो । यसैगरी विसिएतर्फ अनुशासनमा उत्कृष्ट मोनिका धिताल, विइ सिभिलतर्फ किरण चौधरी र सिर्जना पुनलाई पनि सम्मान गरिएको थियो ।

No description available.

यसैगरी डिप्लोमातर्फ रमेश नेपाली, चन्द्रमाया बाँठा, प्रिडिप्लोमातर्फ कमल विक, पुष्पा खड्का पनि सम्मानित हुनुभयो । अमिनका टपर आशीष बस्नेत, सिभिलका मनोज पुन र इलेक्ट्रिकका कल्पना विष्ट मगरलाई पनि सम्मान गरिएको थियो । कलेजका अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधिलगायत विभिन्न क्षेत्रका उत्कृष्टलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । सो अवसरमा रक्तदान पनि गरिएको छ ।

No description available.

कलेजका लायन्स क्लव अध्यक्ष मधुसूदन वैद्य, उपाध्यक्ष शरद अधिकारी, कर्ण पुन, तिलक केसी, सन्दीप केसी, दिलीप पुन मगर, पारस बुढाथोकी, मोहनबहादुर साउद, रेशम विष्ट, राजन भण्डारी, सचिन चौधरी र भुवनेश्वर वैदिकले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा कलेजका निर्देशक मधुसूदन वैद्य, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष बलदेव योगीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत कलेजका प्रिन्सिपल रेशम गिरी र सहजीकरण कलेजका आईटी विभाग प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्