मौसमः देशैभर हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात – Janadesh Daily | ePaper

मौसमः देशैभर हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात


जनादेश वेदर वाच।
हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।

आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ। ‘हाल लागिरहेको कुहिरो केही अबेर खुले पनि कडा घाम लाग्ने सम्भावना छैन। उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो लाग्ने देखिन्छ,’ मौसमविद मानन्धरले भनिन्।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। यस्तै भोलि (बुधबार) पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।

गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्