प्रचण्डका सात सारथीः यस्तो छ प्रधानमन्त्रीको निजी सचिवालय, भार घटाउने रणनीति – Janadesh Daily | ePaper

प्रचण्डका सात सारथीः यस्तो छ प्रधानमन्त्रीको निजी सचिवालय, भार घटाउने रणनीति


जनादेश वाच।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरिएको छ। यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतितर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र पनि दिइसकेका छन्।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा कसैलाई नियुक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए।

प्रधानमन्त्रीको सचिवालयमा २५ जनासम्म राख्ने चलन छ। तर प्रचण्डले राज्यको आर्थिक भार कम गर्न चुस्त सचिवालय बनाउन खोजेका छन्। “बनाउन त २५-३० जनाको सचिवालय पनि बनाउने चलन छ, तर प्रधानमन्त्रीले राज्यलाई भार नपरोस् भनेर सानोभन्दा सानो टिमबाट काम गर्ने बताउनु भएको छ”, सचिवालयका एक सदस्यले जनादेशलाई भने।

प्रधानमन्त्रीले सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन्। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते शपथ लिएका थिए।

यसबाहेक प्रधानमन्त्री कार्यालयमा सरकारी कर्मचारी पनि कार्यरत छन् । उनीहरूले प्रधानमन्त्रीको दैनिक कामकारबाहीमा सहयोग पुर्याउने गर्छन् । प्रधानमन्त्रीका सल्लाहकार दैनिक बिहान ७ भित्र बालुवाटार पुगिसक्छन् । दिउँसो ११ बजेभित्र उनीहरू सिंहदरबारस्थित कार्यालय पुग्छन् । प्रधानमन्त्री कार्यालयअन्तर्गतका सबैजसो कामको व्यवस्थापन सचिवालयले नै गर्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्