प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार बने हरिबोल गजुरेल – Janadesh Daily | ePaper

प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार बने हरिबोल गजुरेल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्। गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्।

आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको गजुरेलले बताए। ‘प्रधानमन्त्रीज्यूले आज मलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ उनले भने।

गजुरेल सिन्धुलीका हुन्। गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव रहेका गजुरेल लामो समयदेखि प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील थिए । तर, गएको निर्वाचनमा सिन्धुली २ बाट उम्मेदवारको आकांक्षी रहेका उनलाई प्रचण्डले टिकट नदिएपछि पछिल्लो समय असन्तुष्ट बनेको चर्चा थियो।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव रहेका गजुरेल लामो समयदेखि प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील थिए । तर, गएको निर्वाचनमा सिन्धुली २ बाट उम्मेदवारको आकांक्षी रहेका उनलाई प्रचण्डले टिकट नदिएपछि पछिल्लो समय असन्तुष्ट बनेका थिए ।

यसअघि प्रधानमन्त्री दाहालले सात जनालाई सचिवालयमा नियुक्त गरिसकेका छन्। प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै तथा स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका हुन्। यसैगरी, स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल नियुक्त भएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्