नेप्से १३ अंकले घट्यो, तीन अर्बको कारोबार – Janadesh Daily | ePaper

नेप्से १३ अंकले घट्यो, तीन अर्बको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से १३.७१ अंकले घटेर दुई हजार १६५.१० विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ६५, निर्जीवन बीमा १२३, ब्यापार उपसमूह १, फाइनान्स ७, होटल तथा पर्यटन ७९, जीवन बीमा ८७, उत्पादन ७२, अन्य २३ र विकास बैंक उपसमूह ९१ अंकले घटेको छ । यस्तै, बैंकिङ १५ र म्यूचुअल फन्ड ०.१० अंकले बढेको छ ।

आज हिमालयन हाइड्रोपावरको सेयर ७.७९ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको सेयर ७.१९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २५७ कम्पनीका एक करोड कित्ता सेयर ३ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्