प्रचण्ड भेट्न बालुवाटार पुगे ओली, प्रदेश सरकार विस्तारको तयारी – Janadesh Daily | ePaper

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली, प्रदेश सरकार विस्तारको तयारी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्