माओवादी स्थायी समिति बैठक सुरु, निर्वाचनलगायतका विषयमा छलफल हुने – Janadesh Daily | ePaper

माओवादी स्थायी समिति बैठक सुरु, निर्वाचनलगायतका विषयमा छलफल हुने


नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गर्नु भएको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्