आज नागरिकता लिने रवि लामिछानेको तयारी – Janadesh Daily | ePaper

आज नागरिकता लिने रवि लामिछानेको तयारी


जनादेश वाच।

अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्रोतका अनुसार पार्टीका पूर्वसभापति रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन्।


अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार खारेज गरिदिएको थियो।

रवि लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्