प्रधानमन्त्री प्रचण्डसँग नुल्याण्डको शिष्टाचार भेट – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्डसँग नुल्याण्डको शिष्टाचार भेट


अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार साँझ नेपाल आइपुगेकी नुल्याण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दुईजनाबीच दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् । उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्