पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते – Janadesh Daily | ePaper

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते


बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको घर्तीले बताउनुभयो ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्