अबको गृहमन्त्री को ? यस्तो छ प्रचण्डको जवाफ – Janadesh Daily | ePaper

अबको गृहमन्त्री को ? यस्तो छ प्रचण्डको जवाफ


आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका तर प्रधानमन्त्री प्रचण्डले त्यसप्रति अनिच्छा देखाएका छन् । त्यसैकारण लामिछाने विवादमा तानिएसँगै उनले सम्हालेको जिम्मेवारी के गर्ने भन्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्णय गरिसकेका छैनन् ।

सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई पूर्ववत जिम्मेवारीमा फर्काउन सुझाव दिँदै आएको भए पनि रविको पासपोर्टबारे अनुसन्धान चलिरहँदा गैरसांसद गृहमन्त्री नबनाउने संकेत प्रचण्डले दिएका छन्।

सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए । बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

पावर सेयरिङका क्रममा रास्वपाले पाएको गृह अब आफैँले राख्ने प्रधानमन्त्रीको मनस्थितिमा रहेको बताइएको छ। लामिछानेले हिजै आफ्नो नेपाली नागरिकता पुनः कायम गरिसकेपछि आफूलाई गैर संसदका रूपमा मन्त्री नियुक्त गर्न माग गर्दै बालुवाटार पुगेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्