रविसँग प्रचण्डका सीधा कुराः प्रक्रियाबाहिर गएर गृह मन्त्रालय दिन्न – Janadesh Daily | ePaper

रविसँग प्रचण्डका सीधा कुराः प्रक्रियाबाहिर गएर गृह मन्त्रालय दिन्न


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेको स्रोतले जानकारी दियो ।

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने स्पष्ट संकेत लामिछानेको थियो ।

तर प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् । रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्