सञ्चारमन्त्री रेखा शर्माको सन्देशः नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा बढाउनु पर्‍यो – Janadesh Daily | ePaper

सञ्चारमन्त्री रेखा शर्माको सन्देशः नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा बढाउनु पर्‍यो


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताएकी छन् । मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताएकी हुन् ।

उनले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताइन् । टेलिभिजनलाई आधारभुत जनताले महशुस गर्नेगरी योजनाहरु तय गर्न पनि उनले आग्रह गरिन् ।

उनले भनिन्,‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलतायुक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्रका र देश बाहिरका समेत अनगिन्ति टेलिभिजन च्यानलहरुकाबिच आफुलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने चुनौति रहेको छ । यसको लागि उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।’

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रशारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रविधि र पहुँचमा पनि बिस्तार र सुधार गर्दै लानुपर्ने बताइन् ।

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्