पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु, ५० भन्दा बढी घाइते – Janadesh Daily | ePaper

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु, ५० भन्दा बढी घाइते


उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ’ ।

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई बताउनु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताउनु भएको छ ।

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शवहरू निकाल्न सकौं, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौं,’ प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताउनु भएको छ ।

प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ , म आफ्नो ज्यान बचाउन बाहिर भागें, ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले बताउनु एएफपीलाई बताउनु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्