निफको जुरीमा प्रियङ्का र इन्द्रलाल – Janadesh Daily | ePaper

निफको जुरीमा प्रियङ्का र इन्द्रलाल


नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ ।

निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनुभयो । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गर्नुभएको छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुनुहुन्छ ।

आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् ।

यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने छ ।

“नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ”, अध्यक्ष पाठकले भन्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्