राप्ती इञ्जिनियरीङ कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत र अभिमुखिकरण कार्यक्रम – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरीङ कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत र अभिमुखिकरण कार्यक्रम


May be an image of 13 people, people standing and indoor

जनादेश, घोराही ।। राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विइ सिभिल प्रथम सेमेष्टर (१२ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
May be an image of 8 people and people standing
स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उप—प्रमुख हुमा डि. सीले मुलुकमा प्राविधिक शिक्षाको विकासमा कलेजको अहम भुमिका रहेको बताउनुभएको छ । प्रमुख अतिथि डिसीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाई आग्रह गर्नुभएको थियो । विद्यार्थीहरुले गरेको व्यवस्थापन र कलेजको व्यवस्थापनको प्रसाश गर्दै कलेजले स्थानिय, प्रदेश र समग्र राष्ट्रको प्राविधिक विकासको लागि आहम भूमिका पु¥याएको बताउनुभएको थियो । उहाँले अहिलेको अवस्थामा प्राविधिक शिक्षाको आवश्यकता अझ बढी पर्ने भएकोले सबैले राम्रो शिक्षा आर्जन गरी देश विकासको जिम्मा लिन आग्रह गर्नुभएको थियो । नेपालमा रहेको विभिन्न किसिमका विकृतिहरुलाई निराकण गर्दै एक सक्षम, दक्ष जनशाक्तिको रुपमा स्थापित भएर देश विकासमा लाग्न नवआगन्तुक विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
May be an image of 1 person, standing and indoor
राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले आफुहरुले यहांका निम्न तथा मध्यमवर्गिय समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा दाङको राप्ती इञ्जिनियरिङ कलेजबाट दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गनुभयो । कार्यक्रमका अध्यक्षता समेत गर्नुभएका डा. गिरीले सिकाईलाई अनुसन्धानमा आधारित शिक्षा पद्धतीको विकाश गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशका आधिकाश प्राविधिक जनशक्ति हाम्रै उत्पादनले सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत रहेकोे बताउनु भएको थियो ।
May be an image of 1 person and standing
प्रेस काउन्सिलका नेपालका सदस्य, शरद अधिकारीले सकारात्मक सोचाईको सुरुवातसंगै व्यक्तिले हरेक कार्यहरु संचालन गर्ने क्रममा सबैको सहयोगबाट कलेज संचालन भएको बताउनुभएको थियो । सबैले आफ्नो जिम्मेवारी र कर्तव्यलाई बोध गर्न सके मात्र सफलता प्राप्त गर्न सकिने बताउनुभएको थियो । अहिलेको अवस्थामा प्राविधिक शिक्षाले छिटो छरितो रोजगारी प्राप्त गर्न सकिने भएकोले सबैले मेहनतका साथ लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभएको थियो ।
May be an image of 3 people, people standing and indoor
कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्यले देश निर्माणमा शिक्षा अति आवश्यक पर्ने भएकोले उर्जाशिल, लगनशिल भएर शिक्षा आर्जन गर्न आग्रह गर्नुभएको थियो । सम्पुर्ण विद्यार्थीहरुले आफ्नो, अभिभावकको सपना साकार पार्नमा विद्यार्थी सधै तत्पर हुनु पर्ने बताउनुभएको थियो । राप्ती इञ्जिनियरीङ कलेजका विद्यार्थीहरुको महत्वपुर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्थीहरुलाइ आग्रह गरेका थिए ।
May be an image of 1 person, standing and indoor
एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशीले कलेज संचालनमा विभिन्न किसिमका निति नियमहरु रहने भएकोले कलेजले प्रदान गरेको उक्त नियमलाई सहि तरिकाले प्रयोग गर्न सकेमात्र गन्तब्यमा पुुग्न सकिने बताउनुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका लेक्चरर डा. खेमराज मल्लले कुनै पनि कार्यहरु संचालन गर्ने क्रममा धैर्यता, सोच विचार गरेर मात्र गर्न आग्रह गर्नुभएको थियो । इञ्जिनियरिङ विषयमा गणित विषय एक प्रकारको जग जस्तै हुने भएकोले इञ्जिनियरिङ शिक्षाले विद्यार्थीहरुको समग्र विकासमा टेवा पु¥याउने बताउनुभएको थियो ।
राप्ती ईञ्जिनियरिङ कलेजका लेक्चरर ई. प्रज्वल आचार्यले इञ्जिनियरिङ शिक्षाको क्षेत्र र महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा विद्यार्थीले कुनै पनि कार्य सञ्चालन गर्ने क्रममा विषय बस्तुुको बारेमा जानकारी राखेर मात्र कार्य गर्न आग्रह गर्नुभएको थियो ।
May be an image of 17 people, people standing and indoor
राप्ती इञ्जिनियरीङ कलेजका प्रिन्सिपल रेशम गिरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विई सिभिल दोस्रो सेमेष्टरमा अध्ययनरत रोनिशा खड्का र राजेश्वर नेपालीले गरेका थिए ।
May be an image of 6 people, people standing and indoor
कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृृतिक कार्यक्रम, गजल, मुक्तक प्रस्तुत गरेका थिए । दुईदिन सम्म चल्ने अभिमुखिकरण तालिममा डा. भीमसेन गिरी, प्रिन्सिपल रेशम गिरी, निर्देशक मधुसुदन बैद्य, ई. विआर जोशी, योग प्रशिक्षक रविन्द्र बस्नेत, ई. रामधन श्रेष्ठ लगायतले प्रशिक्षण दिनुहुने छ ।

May be an image of 14 people, people standing and indoor

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्