शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे – Janadesh Daily | ePaper

शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे


जनादेश, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन नहुनेमा जोड दिएका छन्।

'शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन दिनु हुँदैन'

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवका अवसरमा उनले शैक्षिक संस्थाहरूमा यस्ता खालका घटनाहरू हुन नहुनेमा जोड दिएका हुन्।

प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै उनले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्न आवश्यक भएको बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्