राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज – Janadesh Daily | ePaper

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज


जनादेश वाच।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपराह्न दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन । यद्यपि, आज दुवैको तर्फबाट उम्मेदवार मनोनयन भने हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्