रविलाई रणनीतिक रूपमा थन्को लगाउने प्रचण्डको प्रयासः गृहको अडानबाट पछि हट्यो रास्वपा – Janadesh Daily | ePaper

रविलाई रणनीतिक रूपमा थन्को लगाउने प्रचण्डको प्रयासः गृहको अडानबाट पछि हट्यो रास्वपा


जनादेश वाच।
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ ।

बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा यो अडानबाट पनि ब्याक भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।

‘दुई दिने अल्टिमेटम दिएको भए पनि रास्वपाले गृहमन्त्रालयको दाबी छोडेको छ’, प्रधानमन्त्रीनिकट स्रोतले जनादेशसँग भन्यो, ‘गृहसँगै उनीहरूले गैरसांसद रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने अडान पनि छोडेका छन् ।’

sf7df8f}F, !& df3M
k|d bfxfn / /f:jkfsf ;efklt nfld5fg] e]6jftf{
k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú;Fu dªunaf/ e]6jftf{ ub}{ /fli6«o :jtGq kf6L{sf ;efklt /lj nfld5fg] . tl:a/M k|bLk/fh jGt÷/f;;

माओवादी स्रोतका अनुसार भौतिक पूर्वाधार वा अर्को कुनै मन्त्रालय लिनेगरी गरी रास्वपा नयाँ सहमति गर्न लगभग तयार भएको छ । ‘गृह मन्त्रालय नपाउँदा सरकार छोड्दाको हानिनोक्सानी र आलोचना उनीहरूले नै धेरै बेहोर्नुपर्ने भएपछि उनीरूले गृह र रविको दुवै दाबी छोड्ने मनस्थिति बनाएका हुन्’, माओवादी स्रोत भन्छ, ‘पार्टी बैठकमा पनि तत्काल गृहमन्त्रालय नपाउँदा सरकार छोड्ने निर्णयले पार्टीको निर्णय हचुवा र आलोकाँचो हुने दबाबपछि उनीहरू नरम बनेका हुन सक्छन् ।’

माओवादीको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘अहिले मेरो कुरा हुँदैछ, समस्याको समाधान हुन्छ’ भन्दै बाहिरिएका थिए । प्रचण्ड शनिबार माओवादी बैठकपछि बाहिरिएपछि साँझ रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । यो भेटमा पनि प्रचण्डले गृहमा अडान नलिँदा अवस्था सहज हुने भन्दै विकल्प सोच्न सुझाएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्डको भनाइमा रविले विकल्पको निम्ति तयार रहेको जनाउ दिएको बुझिएको छ ।

४ मंसिरमा रास्वपा अध्यक्ष लामिछानेले प्रयोग गरेको नागरिकता नै सर्वोच्च अदालतले अमान्य कायम गरेपछि १३ माघमा उनको सांसद पद खारेज भएको थियो । सँगै गृहमन्त्री र पार्टी सभापति पद पनि खारेजीमा परेको थियो । तर १५ माघमा रवि पुनः नेपाली नागरिकता निकालेलगत्तै सोही दिन पार्टी सभापति बने । नागरिकता पाएकै दिनदेखि रविले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्रीसँग तीन पटक भेटेरै दबाब दिएका थिए ।

एमाले अध्यक्ष केपी ओलीलाई पनि पटकपटक भेट गरे । तर गृहमन्त्री बनाउन तयार नभएपछि बिहीबार उनले सामाजिक संजालमा लेख्दै सरकार छोड्नेसम्मको चेतावनी दिएका थिए । लगत्तै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर सरकारबाट फिर्ताको निर्णय गर्ने तयारी रविको थियो । तर अधिकांशले गृह नपाएर सरकार छोड्दा गलत सन्देश जाने बताएपछि रविले पार्टीलाई यो निर्णयमा अघि बढाउन सकेनन् । यसैले दुई दिनको समय दिएर उच्चस्तरीय राजीतिक संयन्त्रको बैठकको माग उनीहरूले गरेका थिए । उनीहरूको दिएको दुई दिनको अल्टिमेटम पनि शनिबार सकिएको छ । तर अल्टिमेटम नसकिँदैदेखि रास्वपा गृहको अडान छोडन तयार भएको हो । रास्वपाका प्रवक्ता मुकुल ढकालको सचिवालयले भने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेपछि एउटा टुंगोमा पुग्ने जानकारी दियो ।

रास्वपाले यसबारे उच्चस्तरीय संयन्त्रमा छलफल गर्ने बताए पनि संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएनन् । रास्वपालाई गृह दिनुपर्ने बताएका ओलीले शनिबार प्रधानमन्त्री दाहाललाई भेटेका थिए । दुई नेताबीच गृहको सट्टा अर्को ‘राम्रो’ मन्त्रालय दिएर गठबन्धन जोगाउनुपर्नेबारे छलफल भएको थियो ।

आफैंले दिएको समयसीमा सकिन लागेपछि शनिबार साँझ लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा दाहालले गृहबाहेक अन्य मन्त्रालय लिन रास्वपालाई प्रस्ताव गरेका थिए । ‘तपाईंको पार्टीले पाएको मन्त्रालयको संख्या घट्दैन तर गृह मन्त्रालय नै नभन्नुस्, अर्को कुनै मन्त्रालय लिनुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘फैसलाको पूर्णपाठ आउनै बाँकी छ, राहदानीको विषयमा पनि कुरा उठेका छन् । यस्तो बेला तपाईं बाहिर बसेरै सहयोग गर्नुस्, सरकार छाड्ने कुरा नगर्नुस् ।’ लामिछानेले प्रधानमन्त्री दाहालको प्रस्तावबारे पार्टी बैठकमा छलफल गरेर निर्णय लिने बताएका थिए ।

शनिबार एमाले अध्यक्ष ओलीसँगको भेटमा पनि दाहालले मध्यमार्गी विकल्प खोजेर जानु अहिलेका लागि उपयुक्त हुने बताएका थिए । यसअघिका भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दाहाललाई दबाब दिएका थिए ।

रविले पटकपटक दबाब बढाए पनि प्रधानमन्त्री प्रचण्डले कम्तीमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पर्खिन आग्रह गर्दै आएका छन् । तर सत्ता गठबन्धनमा गृह आफूहरूले लिने समझदारी बनेको भन्दै जसरी पनि रास्वपाले लिनैपर्ने अडान उनीहरूको छ । २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि रविको पार्टी सरकारबाट बाहिरिए पनि प्रचण्डलाई कुनै तनाव नहुने अवस्था छ । यसैले ओली र रविको दबाबका बीच प्रचण्डले गृह रविलाई दिँदै नदिने र पार्टीलाई नदिने मनस्थिति बनाएका छन् । प्रधानमन्त्रीमन्त्रीबाहेक अर्को प्रभावशाली मन्त्रालय नलिएको भन्दै माओवादीभित्रै प्रधानमन्त्रीमाथि दबाब बढेको छ। यसैले रविको विवादपछि गृह कुनै हालतमा नछोड्न दबाब परेको छ ।

राष्ट्रपति चुनावले अप्ठ्यारो
गृह नपाउँदाको झोँकमा रास्वपा सरकारबाट तत्काल बाहिरिँदा सत्ता गठबन्धनमै समस्या आउने भएपछि रास्वपालाई एमाले अध्यक्ष केपी ओलीले नै तत्काल राजीनामा नदिन आग्रह गर्दै आएका छन् । बिहीबार पनि प्रधानमन्त्री र ओलीकै आग्रहमा आफूहरू दुई दिन पर्खन तयार रहेको जानकारी रास्वपाका प्रवक्ता मुकुल ढकालले दिएका थिए । दुवै नेताको सन्देश एउटा आएपछि आफूहरूले दुई दिनको समय लिएको दाबी उनको थियो । तर गृह नपाए पनि सरकारबाट फिर्ता नहुन एमाले अध्यक्ष ओलीले नै रास्वपालाई तयार पारेको दाबी माओवादी स्रोतको छ । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्ड रवि र रविको पार्टीलाई रणनीतिक रूपमा थन्को लगाउन सफल देखिएका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्