सरकारमा रहिरहने वा छाड्नेबारे रास्वपाको निर्णय आज – Janadesh Daily | ePaper

सरकारमा रहिरहने वा छाड्नेबारे रास्वपाको निर्णय आज


जनादेश वाच।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिवार राति बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बस्दैछ ।

शनिवार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय लिन सकेन । राति ९ देखि झण्डै ११ बजेसम्म चलेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको अडानका विषयमा छलफल केन्द्रित भएको नेता सन्तोष परियारले जानकारी दिए । ‘हामीले बैठकमा समसामयिक नेपाली राजनीतिमा जे भइरहेको छ, त्यो विषयमा कुरा गरेका छौं,’ उनले भने, ‘पार्टीले जुन किसिमको राजनीतिक अवस्था भोगिरहेको छ, त्यसमा सदस्यहरूले मत राख्नुभयो ।’

राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका साथै समग्र विषयमा पनि छलफल भएको बताउँदै उनले छलफल अझै बाँकी रहेकाले आइतवार बिहान साढे ११ बजे पुनः बैठक बस्ने उनले जानकारी दिए ।

उनका अनुसार शनिवारको बैठकमा सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले गृह मन्त्रालयको विषयमा मात्रै पार्टी नअड्किएको भन्दै समग्र विषयमा छलफल भएको बताए । यसअघि रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गर्दै माग पूरा नभए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको थियो । जसअनुसार शनिवारसम्मको अल्टिमेटम दिइएकोमा रास्वपा अनिर्णित बनेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्