पेरुमा गएको पहिरोमा परी ३६ को मृत्यु – Janadesh Daily | ePaper

पेरुमा गएको पहिरोमा परी ३६ को मृत्यु


पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।

दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।

सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ । नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ ।

यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ ।सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन् ।

प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्